कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला सुरु



हाम्रो इकोनोमि

 

आगामी कात्र्तिक १ गतेबाट ललितपुरको जावलाखेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिदैं आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

यसवर्षको मेलामा बाहिरा देशबाट माउबोटका रुपमा आयत गरी उत्पादन विस्तार गरिएको करिब १६ नयाँ प्रजातीको गोदावरी फूलसहित सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल राखिनेछ ।

त्यस्तै गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्धेश्य पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धा गराइ गुणस्तरीय उत्पादनमा टेवा पुर‍्या‍उनु हो ।

मेला ४ दिनसम्म चल्ने फ्यानका अध्यक्ष कुमार कसजुले जानकारी दिए । मेलामा ४४ वटा फूलको व्यवसायिक कारोबार गर्ने स्टल, ४ वटा सूचनामुलक र एउटा प्रतियोगितात्मक गरी ४९ वटा स्टल रहनेछन् ।

मेलालाई शुक्रवार अर्थात् कार्तिक १ गते कृषिमन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...