घरभित्र भतिजोसँग भिडियो गेम खेलिरहेकी २८ वर्षे महिलालाई पुलिसले गोली हान्दा मृत्यु



हाम्रो इकोनोमि

 

टेक्सस पुलिसले शनिबार बिहान एक अश्वेत महिलालाई उनको घरभित्रै गोली हानेको छ । गोली लागेका कारण महिलाको मृत्यु भएको छ ।

महिलाको सुरक्षाको अनुसन्धानका लागि पुलिस बोलाइएको बताइएको छ ।

२८ वर्षीया अटाटेना जेफरसन आफ्ना आठ वर्षीय भतिजोसँग टेक्ससको फोर्ट वर्थमा आफ्नो घरमा थिइन् ।

एक छिमेकीले दिएको जानकारी अनुसार राती जेफरसनको घरको ढोका खुल्ला देखेपछि एक छिमेकीले पुलिसलाई फोन गरेका थिए ।

पुलिसले घटनाको बडिक्याम फुटेज जारी गरेको छ जसमा एक पुलिस अधिकारी जेफरसनलाई देखेको केही सेकेन्डपछि नै गोली चलाएको देखिएका छन् ।

भिडियोमा देखिए अनुसार पुलिस अधिकारी सुरुमा जेफरसनको घरको पूरा चक्कर लगाइरहेका छन् र त्यसपछि उनले ढोकामा एउटा आकृति आइरहेको देख्छन् । पुलिस अधिकारीले ढोकामा देखिएका व्यक्तिलाई हात उठाउन भन्छन् र ढोकामा उभिएका व्यक्तिले हात उठाउँछन् । त्यसपछि पुलिस अधिकारीले ढोकाको सिसाको वारपार गोली चलाउँछन् ।

फोर्ट वर्थ पुलिस विभागले एक बयान जारी गर्दै श्वेत अधिकारीलाई खतराको आभाष भएपछि उनले आफ्नो हतियार निकालेको बताएको छ ।

अधिकारीका अनुसार गोली चलाउने ती पुलिसलाई छुट्टिमा पठाइएको छ र उनीमाथि अनुसन्धान भइरहेको छ ।

गोली चलाएको यो घटना शनिबार बिहान स्थानीय समयानुसार करिब साढे दुई बजेको हो ।

यद्यपि, बडिक्यामको जुन फुटेज जारी गरिएको छ त्यो एडिट गरिएको छ । बडिक्याम फुटेजबाट यस्तो भान हुन्छ कि जो अधिकारी भिडियोमा देखिएका छन् उनले आफूलाई पुलिस अधिकारीको रुपमा चिनाएका छैनन् ।

घरभित्रको फुटेज उपलब्ध छैन तर पुलिसले एक हतियारको तस्बिर जारी गरेको छ जुन बेडरुम भित्र भेटिएको बताइएको छ ।

टेक्ससमा १८ वर्ष माथि उमेर भएकाले कानूनी रुपमा हतियार राख्न सक्छन् तर जेफरसनले घटना हुँदा कुनै हतियार लिएकी थिइन् थिइनन् भनेर स्पष्ट हुन सकेको छैन ।

पुलिसका अनुसार घटनास्थलमा जेफरसनलाई इमर्जेन्सी मेडिकल सुविधा प्रदान गराइएको थियो तर उनलाई मृत घोषित गरिएको छ ।

‘भिडियो गेम खेल्नु’

जेफरसनको परिवारको प्रतिनिधित्व गरिरहेका वकिलका अनुसार जब जेफरन ढोका नजिकैबाट आइरहेको आवाजबारे थाहा पाउन जब त्यता लागिन् तब उनी भतिजोसँग भिडियो गेम खेलिरहेकी थिइन् ।

वकिल ली मेरिटले फेसबुकमा लेखे, ‘उनकी आमा बिरामी भएी थिइन् त्यसकारण उनी घरको रेखदेख गरिरहेकी थिइन् ।’

उनले लेखे, ‘उनको हत्याको कुनै कारण थिएन् । हामीले न्याय पाउनुपर्छ ।’

उनका अनुसार जेफरसनले एक विश्वविद्यालयबाट स्नातकको डिग्री लिएकी थिइन् र मेडिकल उपकरण बिक्रिको काम गरिरहेकी थिइन् ।

यो घटनाको दुई हप्ता अघि एक अश्वेत व्यक्ति बोथन जीनलाई डलासमा उनकै घरमा गोली हानी हत्या गरेका कारण एक अफ–ड्युटी अधिकारीलाई सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...