अर्घाखाँचीमा जिप दुर्घटना तीनको मृत्यु, ६ घाइते



हाम्रो इकोनोमि

 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ मा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरकोे जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका  ५, दाङ्ग बस्ने ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल रहेका प्रहरीले जनाएको छ । एक जना मृतक पुरूषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को वीरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाइते भएक छन् । घाइते मध्ये अनिता खनाल, वीरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी र विन्दु खनाललाई सन्धिखर्क अस्पतालबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अन्य घाइतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...