सीले भने, ‘संसारको कुनै शक्तिले चीनको प्रगतीलाई रोक्न सक्दैन’



हाम्रो इकोनोमि

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो ।

सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’

सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको तियानमेन चोकमा उभिएर सीले भने, ‘आज एउटा समाजवादी चीन विश्व सामु खडा उभिएको छ ।’

‘कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन,’ चिनियाँ झण्डा लिएर उपस्थित ठूलो बासिन्दाअघि उभिएर सीले भने ।

सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाष्य प्रयोग गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि कयैन औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’बाट माथि उठाउन बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनी सुनिएको थिए ।

सम्बोधनमा सीले हङकङको कुरा पनि उठाए । तीन महिनादेखि सरकारविरोधी प्रदर्शन सामना गरिरहेको हङकङबारे सीले भने, ‘चीन एक देश, दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।’

चीनको जनवादी गणतन्त्रको विरोधमा हङकङमा मंगलबार पनि छिटपुट प्रदर्शन गरिएको छ ।

‘हामी हङकङ र मकाओको दीर्घकालिन स्थीरता, अन्तरतटिय सम्बन्धमा विकास र सम्पूर्ण देशका पूर्ण एकिकरण गर्ने कुरामा प्रतिवद्ध छौँ,’ सीले भने ।

च्याङ–यान एभेन्यूमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि, सीले विशाल सैन्य परेडको अध्यक्षता गरेका थिए । त्यस क्रममा विश्वकै अत्याधुनिक हातहतियार प्रदर्शन गरिएका थिए ।

-यालीको तयारी गर्नेहरुले त्यसमा झण्डै १५ हजार सेना, १६० वायुयान र ५८० हातहतियार प्रयोग हुने बताएका थिए ।

प्रदर्शनमा देखाइने हातहतियारमा विश्वमै उत्कृष्ट मानिने ड्रोन प्रविधि र अत्याधनिक मिसाइल प्रणाली पनि थियो ।

बेइजिङको आकासमाथि हेलिकप्टरले देशको राष्ट्रिय झण्डा उडाएका थिए पछि वायुयानले ‘७०’ अंक बनाएर उडेका थिए ।

७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङका नागरिकमाझ उत्साह देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...