यस्तो छ होण्डाको डर्ट बाइक‘एक्सआर १५० एल’, के छन् विशेषता ?



हाम्रो इकोनोमि

 

नेपालका लागि होण्डा टू व्हीलरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको स्कुटर, कम्युटर बाइक्स, बिग बाइक्स तथा डर्ट बाइकहरु बिक्री वितरण गर्दै आइरहेको छ । होण्डाले नेपालमा विक्री गर्दै आएको सवैभन्दा कम मूल्य पर्ने डर्ट बाइक एक्सआर १५० एल हो जसको बजारमूल्य चार लाख ८४ हजार नौ सय रहेको छ ।

५–स्पिड गियरबक्स दिइएको एक्सआर १५० एल मा १५० सीसी सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ, जसले १२.१४ एचपिको पावर र १२.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । टायरको कुरा गर्नु पर्दा यस बाइकको अगाडिको चक्कामा ९०/९० सेक्सनको र पछाडिको चक्कामा ११०÷९० सेक्सनको डुअल पर्पोज टायरहरु दिइएका छन् । त्यसैगरी, अगाडिको चक्कामा २४० मिलिमिटर डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक दिइएको छ । यति भएतापनि यस बाइकमा एबीएस चाहिँ दिइएको छैन ।

यस बाइकको ग्राउण्ड क्लियरेन्स२४५ मिलिमिटर र कर्ब वेट चाहिँ १२९ के.जी.छ । ठूलो ग्राउण्ड क्लियरेन्स र थोरै तौल भएको हुनाले पनि यस बाइकको अफरोडिङ्ग पर्फमेन्स उत्कृष्ट रहेको छ । त्यसैगरी, १२ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यो बाइकको सिट लामो र चौडा छ, जसले राइडर र पिलियन दुवैलाई आरामदायक सिटिङ्ग पोस्चर प्रदान गर्दछ ।

स्याकार ट्रेडिङ्ग कम्पनीका अनुसार दशैं तिहारलाई लक्षित गरेर ल्याइएको अफर अनुरुप ग्राहकले यस बाइकको खरिदमा रु. १०,००० नगद छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...