नेपाल टेलिकमको यस्तो छ दसैं अफर, यसरी लिनोस फाइदा



हाम्रो इकोनोमि

 

नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ। टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको हो। टेलिकमका अनुसार फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन।

टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयसहित दुई सय एमबी डाटा बोनस उपलब्ध गराउने छ। घटस्थापनादेखि सुरु भएको यो छुट अर्को सूचना प्रकाशित नभएसम्म जारी रहने नेपाल टेलिकमले जनाएको छ।

सँगै टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क उपलब्ध गराएको छ। प्रिपेड ग्राहले पनि आगामी छठसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ। मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा फोन अफ भएको समयमा पनि पछि स्वीच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलको जानकारी दिन्छ।

टेलिकमले रिचार्जमा बोनससमेत दिने भएको छ। असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज गर्दा बोनस पाइने छ। ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...