ज्ञानेन्द्र शाहीहरूले हामीलाई थाहै नदिई कार्यक्रम गर्ने, अनि सुरक्षा भएन भन्ने: चितवन प्रहरी



हाम्रो इकोनोमि

 

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको दुई दिन बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो।

शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पीडित पक्षबाट जाहेरी नआई प्रक्रिया अघि नबढ्ने बताए।

‘जाहेरी नआई कसैलाई समात्न सकिँदैन,’ उनले भने, ‘पीडित पक्षले जाहेरी दिएको छैन।’

आइतबार मल्लले संलग्नको पहिचान भइसकेको भन्दै चाँडै पक्राउ पर्ने बताएका थिए। उनले आफ्नो पहिलेको भनाइ फेर्दै जाहेरी खोजेका हुन्।

कसैमाथि मारपिट हुँदा संलग्नलाई पक्रन जाहेरी पर्खनु पर्ने हो? भन्ने प्रश्नमा उनले ‘जाहेरीबिना कसैलाई कारबाही गर्न नमिल्ने’ बताए।

उनले शाहीहरूको टोलीले कार्यक्रम गर्दा प्रहरीलाई जानकारी नदिएको  बताए। ‘हामीलाई थाहै नदिई कार्यक्रम गर्दै हिँड्ने, अनि सुरक्षा पाइएन भन्ने?,’ उनले भने।

आक्रमणमा घाइते भएका शाहीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

शनिबार भ्रष्टाचारविरूद्धको सार्वजनिक सभामा शाहीको टोलीलाई एक समूहले ब्यानर च्यातेर कार्यक्रम बिथोलेको थियो। त्यही सिलसिलामा पत्रकार सम्मेलन गर्न जाँदा शाहीलाई आक्रमण गरिएको थियो।

एसपी मल्लले प्रहरीको टोलीले घटनाको अनुसन्धान भने गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...