सफल यात्राको शुभकामना दिदै बस चालकलाई प्रहरी महानिरीक्षकको फूलमाला



हाम्रो इकोनोमि

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बसका चालकहरुलाई आइतबार फूलमाला लगाई सुरक्षित यात्राका लागि बिदाइ गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार बिभिन्न सवारी साधनका ७ जना चालकलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत प्रदान गर्दै चालकहरुको मनोवल उच्च राख्ने काम गरेका थिए ।

यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईंहरुकै हातमा सबै यात्रुहरुको जीवन छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको सुरुवात गर्दै उनले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको समेत बताए ।

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी पोष्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...