प्रहरीमा ३५ सय दरबन्दी थपियो, कुन पदमा कति ?



हाम्रो इकोनोमि

 

सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ । सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ ।

थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २ सय ९७ प्रहरी सहायक निरीक्षक, ६ सय ८३ प्रहरी हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी रहेका छन् ।

प्रशासनतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद ४ पुगेको छ । एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा भएपछि रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकाश पाएपछि रिक्त एकसमेत गरी चार पद खाली हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...