लोकसेवाले ९ हजार १६२ कर्मचारीको विज्ञापन खोल्दै



हाम्रो इकोनोमि

 

लोक सेवा आयोगले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने बुझिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त जानकारी दिएका हुन् ।

मन्त्री पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् । शनिवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’मा मन्त्री पण्डितले विभिन्न ३ तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।

‘यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरूले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन्,’ उनले भने । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । ‘२ महिनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं,’ उनले भने ।

लोक सेवाले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने उनले बताए । देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने, ‘त्यसपछि मात्र मुलुकअघि बढ्ने छ ।’

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले निर्माण हुन लागेको सो अध्ययन केन्द्रले मुलुकको उच्च तहमा रहेका व्यक्तिलगायत कर्मचारीलाई गुणस्तरीय प्रशिक्षणका साथै परामर्श दिने बताए । यसैगरी उपकार्यकारी निर्देशक नारायणगोपाल मलेगोले प्रतिष्ठानको समयअनुसार स्वरुप र मुहार परिवर्तन गरी अघि बढेको जानकारी दिए ।

पूर्व कार्यकारी निर्देशक दिनेशप्रसाद पन्तले प्रतिष्ठानले नीति निर्माण र स्रोत परिचालनमा ध्यान दिए जसरी संस्थागत क्षमता बढाउन ध्यान दिनुपर्ने सुझाव दिए । सो प्रतिष्ठानले गण्डकी प्रदेशमा संरचना निर्माण, कणाली प्रदेशमा मानव स्रोत प्रतिवेदन निर्माण गर्नुका साथै अन्य प्रदेशमा लैंगिकमैत्री बजेट प्रस्तुत, अन्तर्क्रिया, सुझाव गोष्ठी सम्पन्न गरेको कार्यक्रममा बताइएको छ । सो वार्षिककोत्सवको अवसरमा प्रतिष्ठानले ३ उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...