आज पनि देशभर पानी पर्ने



हाम्रो इकोनोमि

 

दशैंको पहिलो दिन शुरु भइसक्दा समेत मौसम भने दशैं आए जस्तो छैन । आज (आइतबार) पनि देशभर घाम लागेको छैन । आज (आइतबार) देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज (आइतबार) बिहान काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली आएको छ । पूर्व र मध्यका केही तथा पश्चिमका एक–दुई स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मञ्जु बासीले जानकारी दिएकी छन् ।

दिउँसो पनि मौसम यस्तै रहने उनले बताइन् । पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि दिनभर घाम लागेर मौसम उघ्रिने सम्भावना छैन ।

भोलि (सोमबार) देखि भने मौसम क्रमिक रूपमा सुध्रिँदै जाने उनको अनुमान छ । ‘आजलाई मनसुन सक्रिय नै छ,’ मौसमविद् बासीले भनिन्, ‘भोलि (सोमबार) बाट मौसम क्रमशः सुधार हुने संकेत देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...