घट्न थाल्यो सुनको मूल्य



हाम्रो इकोनोमि

 

केहि दिनयता बजारमा सुनको मूल्य घट्न थालेको छ । सुनको मूल्य आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७० हजार ८ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो बिहीबारको तुलनामा २ सय रुपैयाँ कम हो । बिहीबार नेपाली बजारमा प्रति तोला ७१ हजारमा सुनको कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आज प्रति तोला तेजावी सुनको मूल्य ७० हजार ५ सय छ । आज चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ । बिहीबार ८ सय ६५ मा कारोबार भएको प्रतितोला सुन आज ८ सय ६० रुपैयाँ प्रतितोला भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटेका कारण नेपाली बजारमा पनि कमि आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय अमेरिकी डलरमा झरेको छ । केही दिनअघि मात्रै सुनको मूल्य प्रति औंस १५२५ अमेरिकी डलरको नजिक थियो ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...