अब उपत्यकामा सुन्दर यातायातको ट्याक्सी, भाडा ३० प्रतिशत सस्तो



हाम्रो इकोनोमि

 

काठमाडौंमा विद्युतीय बस सेवा शुरु गरेको सुन्दर यातायातले अब उपत्यकामा ट्याक्सी सेवा पनि शुरु गर्ने भएको छ ।

सुन्दर यातायात प्रालिले तिहार पछि नैै १५ वटा विद्युतीय कारण चलाउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् । ‘दशैंपछि ट्याक्सी आइपुग्छ ।

प्राविधिक परीक्षण सकेर तिहारपछि ट्याक्सी चलाउने तयारी गरिरहेका छौं,’ उनले भने । सुन्दरका ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने उनले जानकारी दिएका छन् ।

‘हाम्रो ट्याक्सीमा खर्च निकै कम छ । फुलचार्ज गर्न ४५० रुपैयाँको बिजुली लाग्छ र यसबाट २५० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यही भएर हामीले यात्रुसँग कम पैसा लिने सोंच बनाएका हौ,’ उनले भने ।

यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने थापाले जानकारी दिएका छन् । सुन्दर यातायातले हाल दुई विद्युतीय बसबाट काठमाडौंमा चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...