वीर अस्पतालमा विज्ञापन विनै २५ स्टाफ नर्स भर्ती



हाम्रो इकोनोमि

 

आफू निकटका २५ जना स्टाफ नर्स गैरकानुनी रुपमा भर्ती गर्न खोजिएपछि बीर अस्पतालमा बबाल भएको छ । अस्पतालका निर्देशक केदार सेञ्चुरीले गैरकानुनी रुपमा २५ जना स्टाफ नर्स भर्ती गर्न खोजेका हुन् । यति ठूलो संख्यामा स्स्टाफ नर्स भर्ती गर्दा पदपूर्ति समितिलाई समेत छलिएको छ । विज्ञापन समेत प्रकाशन गरिएको छ । नियमानुसार कर्मचारी भर्ती गर्दा न्याम्सको सेवा आयोगबाट विज्ञापन खुलाएर मात्र गर्नुपर्ने प्रावधान छ ।

तर यो प्रावधानलाई धोती लगाउँदै निर्देशक सेञ्चुरीले २५ जना स्टाफ नर्स अवैद्य रुपमा भर्ना गर्न खोजेका हुन् । यसरी चोरबाटोबाट स्टाफ नर्स भर्ती गर्न खोजिए पछि न्याम्सका कर्मचारीहरु निर्देशक सेञ्चुरीको ज्यादती र अनियमितताको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै हाल्ने तयारीमा छन् ।

करारमा कर्मचारी राख्दा पनि सेवा आयोगबाट विज्ञापन निकालेर मात्र राख्ने गरिएको छ । तर निर्देशक सेन्चुरीले सेवा आयोगसमेत छलेर कर्मचारी भर्ना गर्न लागेका छन् । यसरी स्टाफ नर्स भर्ती गरिँद्या उनीहरुसँग आर्थिक शुभलाभ समेत लिएको आरोप निर्देशक सेञ्चुरीमाथि लागेको छ । वीर अस्पताल स्रोतका अनुसार यसरी गैरकानुनी रुपमा २५ स्टाफ नर्स भर्ती गरिँदा एक नर्स बराबर ३ लाखदेखि ४ लाख नजराना लिएको आरोप छ ।

यता यस बिषयमा प्रतिक्रिया माग्दा निर्देशक सेञ्चुरीले स्वास्थ्य मन्त्रालयले नर्स भर्नामा ढिलाइ गरिदिँदा अस्पतालमा स्टाफ नर्स अत्यावश्यक भएको,सोही कारण आइसीयु वार्ड चलाउनै अप्ठ्यारो भएपछि भर्ना गर्न लागिएको जनाए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...