चीनले बनायो विश्वको सबैभन्दा ठूलो विमानस्थल



हाम्रो इकोनोमि

 

चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ ।  यो विमानस्थल ‘स्टारफिस’ आकारको छ ।

७ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै ठूलो टर्मिनलयुक्त विमानस्थल भएको चाइना डेलीले जनाएको छ । विमानस्थल परिषद अनुसार बेइजिङको यो विमानस्थल विश्वकै व्यस्त एटलान्टापछि दोस्रो नम्बरमा पर्छ । नयाँ विमानस्थलले बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलमाथि परेको चाप घट्ने विश्वाससमेत गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार पहिलो उडान ‘चाइना सदर्न एअरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङ विमानस्थलका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...