एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना सबै फरक–फरक



हाम्रो इकोनोमि

 

स्याङ्जाकी एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ ।

हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ ।

ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०) ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् ।

उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख गरिएको छ । त्यस्तै तीनदोबाटे गाविस वडा नं ९ (हाल गल्याङ नगरपालिका–८) को ठेगाना राखेर हेमाले विसं २०६५ मङ्सिर ५ गते ४२२०२८ नम्बरको अर्को नेपाली नागरिकता प्रमाणपत्र लिएकी छिन् । त्यसमा उनको जन्ममिति विसं २०४५ वैशाख १७ गते र बाबुको नाम नरेश्रवर गाहामगर उल्लेख छ ।

पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाँको हस्ताक्षर रहेको छ भने अर्कोपटक लिएको नागरिकतामा थमनसिंह थापाको हस्ताक्षर रहेको छ । पहिलो नागरिकताबाट रानाले २०२६२७० नंको राहादानीसमेत बनाएको बुझिएको छ ।

यसरी दुई नागरिकता लिएर पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले दुई नागरिकता लिने हेमा राना र नागरिकता लिनका लागि सहयोग गर्ने बुद्धिमाया गाहा (रेनुका थापा) सौतेनी सासुलाई कारवाहीसँगै नागरिकता बदर गर्न माग गर्दै इलाका प्रशासनमा मङ्गलबार निवेदन दिएपछि हेमा रानाले दुई नागरिकता लिएको खुलासा भएको हो ।

इन्द्रकुमारी गाहाले आफ्नो ससुराले तीन विवाह गरेको र कान्छी सौतेनी सासुले आफूले अर्कै श्रीमान्सँग जन्माएको छोरीलाई आफ्नो नाममा रहेको सम्पत्ति दिने योजनाअनुसार आफ्नो ससुरालाई बाबु कायम गरेर नागरिकता बनाएकाले कारवाहीको माग गर्दै निवेदन दिएको बताइन् ।

इन्द्रकुमारीले भनिन्, “उहाँ बुद्धिमाया गाहा (रेनुका थापा)ले हामीलाई बेला–बेलामा मेरो नाममा भएको सम्पत्ति मैले दिन्न, मैले नागरिकतासमेत बनाइदिएकी छु भनेर धम्की दिने गरेपछि आफूहरु विभिन्न निकायमा गए पनि आफूहरुको कुरा कतै सुनुवाइ भएन ।”

बुद्धिमायाले आफ्नो श्रीमान् नरेश्वर गाहामगरको विसं २०६१ माघ १५ गते मृत्यु भएपछि विसं २०६५ मङ्सिर ५ गते हेमा रानाको नागरिकता लिएको खुलेको छ । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले दुई नागरिकता लिएको भनेर निवेदन आएको र कानूनअनुसार कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।

बुद्धिमायाले विभिन्न बैंक एवं वित्तीय सङ्घसंस्थामा ऋण लिने र वित्तीय संस्थाका कर्मचारी पैसा लिनका लागि घरमै पुगेपछि सौतेनी सासु बुद्धिमायासँग बुहारी इन्द्रकुमारी सशङ्कित भएकी हुन् ।

इन्द्रकुमारीले भनिन्, “उहाँ सासु बुद्धिमायाले बैंकमा पैसा लिनुभएको रहेछ, बैं कका कर्मचारी बिहानै घरमा पैसा तिर्नु भन्दै आए, हामीले लिएका छैनौं भन्दा बैंकका कर्मचारीले घर परिवारले सासुले लिएको पैसा तिर्नुपर्छ भनेपछि आफूहरुलाई शङ्का लागेको र यही क्रममा विवाद हुँदा बुद्धिमायाले आफ्नो नाममा रहेको घरजग्गा आफ्नो छोरी हेमा रानालाई दिने र नागरिकतासमेत बनाइसकेको बताएपछि हेमाले दुई नागरिकता लिएको आफूहरुले थाहा पाएको इन्द्रकुमारी गाहाले बताइन् ।

आफूहरुको सम्पत्ति पहिले अर्कै श्रीमान्पट्टी जन्मिएकी छोरीलाई दिनका लागि बुद्धिमायाले अर्को नागरिकता लिन सहयोग पुर्‍याएको इन्द्रमायाको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पनि आफूकहाँ बुधबार इन्द्रमाया गाहाको निवेदन आएको र सत्यतथ्य बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...