पहिलोपटक काठमाडौं आइपुग्यो बाजुराको स्याउ



हाम्रो इकोनोमि

 

मूल्य नपाएर वर्षौंदेखि बारीमै कुहिने र वस्तुभाउलाई खुवाउँदै आएको दुर्गम जिल्ला बाजुराको स्याउ पहिलापटक बिक्रीका लागि सहरीक्षेत्रमा पुगेको छ । सुदूरपश्चिमको दुर्गम बाजुरामा फलेको अर्गानिक स्याउ काठमाडौं र धनगढीमा पुगेको छ ।

बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर सहरी क्षेत्रमा स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिंजापतीले बताए ।

केन्द्रले ६ सय क्वीन्टल स्याउ ढुवानीका लागि अनुदान दिएको थियो । सहकारी संस्थामार्फत बारीबाट बजारसम्म स्याउ ढुवानी हुन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ढुवानीको जिम्मा सहकारी संस्थाले लिएको नवजीवन सहकारी संस्थाका अध्यक्ष महेश शाहीले बताए ।

पहिलोपटक काठमाडौँमा एकसय क्वीन्टल, धनगढीमा ६० क्विन्टल लगिएको छ । बाँकी मार्तडी, कोल्टीलगायतका बजार पु¥याइने भएको छ । ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरीद गरी बिक्री गर्ने भएको छ । सहकारीले उत्तरी क्षेत्र स्वामीकार्तिक खापर गाउँपालिकाबाट (ए) ग्रेडको स्याउ प्रतिकिलो २५ रुपैयाँ, (बी) ग्रेडको २० र सी ग्रेडको स्याउ १५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेको छ ।

त्यस्तै बूढीनन्दा नगरपालिकाको पाण्डुसेनबाट (ए) ग्रेडको प्रतिकिलो ५५, (बी) ग्रेडको ५० र सी ग्रेडको ४५ रुपैयाँमा मा खरीद गरेर ढुवानी भएको छ । पाण्डुसैन पुग्न सदरमुकाम मार्तडीबाट करीब ३१ किलोमिटर दूरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँ पुग्न करीब दुई दिन लाग्ने गर्दछ । सदरमुकाम मार्तडीमा भने प्रतिकिलो स्याउको मूल्य १५० देखि १८० रुपैयाँसम्म रहेको छ ।

‘बारीमा स्याउ टन्न फलेको छ । बजार टाढा छ । बारीमा कुहिने अवस्था थियो, तर थोरै भए पनि सरकारले यस वर्ष ढुवानी अनुदान दिएपछि पहिलोपटक बाजुराको स्याउ जिल्ला बाहिर जाँदा निकै खुसी लागेको छ’ स्थानीय शिक्षक गोविन्दबहादुर शाहीले भने ।

केही साताअघि बाजुराको मूल्य नपाएर स्याउ तिन दानाको एक रुपैयाँमा बिक्री भइरहेको खबर सञ्चारमाध्यममा प्रकाशित भएको थियो । उक्त समाचारपछि सरकारले स्याउ बिक्रीका लागि ढुवानीमा अनुदान दिएको हो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...