भूमिहीन सुकुम्वासीले जग्गा पाउँदा प्रतिपक्षीकाे टाउकाे किन दुखेकाे ?



हाम्रो इकोनोमि

 

सुकुम्वासीलाई जग्गा दिने भन्दा किन हाम्रो टाउको दुख्छ ? चुनावका बेला दिएको वाचा पूरा गर्न हामी किन आनाकानी गर्छाैं ? ती गरिबहरुलाई देखेर हामीलाई किन टाउको दुख्छ ?

यस्ता प्रश्न उठाएकी हुन् नेकपाकी सांसद् शान्ता चौधरीले । प्रतिनिधि सभामा भूमि विधेयक उपर बोल्दै शान्ताले भनिन्– ‘०७ सालदेखि नारा दिइयो– जग्गा जोत्नेको, घर पोत्नेको भन्दै पार्टीहरुले नारा दिए तर जहिले पनि झुक्याए । अहिले पनि झुक्याउने प्रयास भइरहेको छ ।’

भूमि विधेयकले सुकुम्वासी तथा भूमिहीनहरुलाई जमिन दिने व्यवस्था गरेपछि प्रतिपक्ष कांग्रेसले असन्तुष्टि जनाएकाे छ । त्यसैलाई लक्षित गर्दै शान्ताले जग्गा दिन्छौं भन्दै चुनावका बेला सबै पार्टीले भन्ने गरेको तर झुक्याइएको उनले बताइन् । भूमिहीन समुदायको पीडा दलहरुले नबुझेको पनि उनले बताइन् । विधेयकले जनताकाे पीडा बुझेकाे उनले जिकिर गरिन् ।

‘सुकुम्वासी, भूमिहीन, सर्वहारा श्रमजीवीहरु कुनै एउटा पार्टीका हुँदैनन्, सुकुम्वासी भूमिहीनहरु सत्तापक्षका मात्र हुन् भनेर अहिले भनिँदैछ । यो गलत हो’– उनले भनिन्– ‘भूमिहीन सुकुम्वासीले जग्गा पाउने कामको विरोध नगरौं ।’

उनले भूमिहीनतालाई देशकै सबैभन्दा ठूलो मुद्दा भन्दै विपन्न सर्वहाराहरुको पीडा सबै पार्टीले सम्बोधन गर्नुपर्ने बताइन् ।

‘प्रजातन्त्र आयो भने भूमिहीनले जमिन पाउँछ भनियो, गणतन्त्र लोकतन्त्र आएपछि जमिन पाउँछ भनियो, संविधान बन्यो भने जमिन पाउँछ भनियो । अझै कति ढाँट्ने ?’– शान्ताले भनिन् ।

भूमिहीन सुकुम्वासी परिवारको बीचमा गएर उनीहरुको पीडा महशुस गर्न आग्रह गर्दै शान्ताले भनिन्– ‘जुन पीडा त्यो परिवारले भोगेको छ त्यो पीडा आफूहरुले भोग्न परेको भए कस्तो हुन्थ्यो ? सबैले सोंच्न पर्दैन ?’

उनले भनिन्– ‘भोट माग्न हामी सबै त्यो समुदाय बीच पुग्छौं तर आज त्यो समुदायमा सत्तापक्षका मात्र कार्यकर्ता छन् भनेर शंका गर्नु ठिक होइन ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...