सुत्नुअघि पाइतालाको मालिश गर्दा भरपूर फाइदा



हाम्रो इकोनोमि

 

। मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।

हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन् । यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ । यहाँ हामी राति मालिश गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।

मेटाबोलिजम
सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ ।

तौल घटाउन
आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पाइतालमा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ ।

तनाव घटाउन
दिनभरि कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पाइतालाको मालिश गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण
उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिश वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिश गर्नुस् ।

सम्भोगमा सहयोगी
पाइतालमा मालिश गर्दा तपाईंको सेक्स लाइफ पनि गजबको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...