कृषि उत्पादन बृद्धि गरेर नै देश विकास हुन्छ : मन्त्री लामा



हाम्रो इकोनोमि

 

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले देश विकास कृषिबाट नै सम्भव भएको बताउनु भएको छ । कृषि ज्ञानकेन्द्र ललितपुरले गरेको एक कार्यक्रममा उत्त कुरा बताउनु भएको हो । वहाँले अब युवाहरु विदेश जानुभन्दा देशमा नै व्यावसाहिक कृषि खेतिमा लाग्नुपर्ने बताएका छन । कृषि ज्ञान केन्द्र ललितपुरद्वारा आयोजित प्रदेश न ३ भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालय कृषि ज्ञान केन्द्र ललितपुर आब २०७६ र ०७७ को वार्षिक कार्यक्रम सार्वजनिकिकरण तथा पृष्ठपोषण संकलनमा बोल्दै मन्त्री लामाले  अब युवाशत्ति विदेशिनु नपर्ने बताउनु भएको छ ।

 

मन्त्री लामाले प्रदेश नं ३ देश सरकार कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै प्रदेशलाई कृषिका माध्यमबाट समृद्ध बनाउने केही महत्वपूर्ण योजना बनाएर अगाडी बढेको बताउनु भएको छ । प्रदेशको आर्थिक उत्पादन वृद्धि तथा कृषिलाई आधुनिकीकरण गर्दै खण्डीकरण कृषि प्रणालीलाई विस्थापित गर्दै चक्लाबन्दी कृषि प्रणालीमा जोड दिँदै सामूहिक खेती प्रणाली अवलम्बन गर्ने कामको सुरुआत समेत गरिसकेको बताउनु भयो ।

त्यस्तै सार्वजनिक निजि क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत श्रोतकेन्द्र सहितको कृषि फार्म संचालन गर्ने प्रदेश सरकारको योजना रहेको यसका साथै प्रदेशका ६६ निर्बाचन क्षेत्रमा ६६ नमुना कृषि फार्म गरेर कृषि क्षेत्रलाई विस्तार गर्दै आर्थिक रुपमा सक्षम प्रदेश निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको वहाँले बताउनु भएको छ । कृषि क्षेत्रमा व्यापक सफलता हासिल गर्न प्रदेश सरकारले उत्पादन बृद्धि देखि कृषि बजारको व्यवस्थापनमा विषेश ध्यान दिएर काम सुरु गरेको बताउनु भएको छ ।

वहाँले काठमाडौमा कौसि खेति गरेर बिषादीमुक्त तरकारी जनतालाई खुवाउने योजना रहेको पनि बताउनु भएको छ । वहाँले सडकको छेउछाउ, घरभित्रको कम्पाउन्ड, बारी आदि स्थानमा बिरुवा रोपेर अबको ४÷५ वर्षभित्रमा प्रदेशलाई फलफूलमा पूर्ण रूपले आत्मनिर्भर बनाउने योजना समेत प्रदेश सरकारको रहेको बताउनु भएको छ । सो कर्यक्रममा ३ नम्बर प्रदेश संसदहरुले पनि आफ्नो भनाई राखेका थिए । उत्त कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...