टिकाटालो गर्नेलाई राष्ट्र बैंकको अनुरोध: दक्षिणा लेनदेन गर्दा नोट मैलो नपारौँ



हाम्रो इकोनोमि

 

आउँदो शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ तथा सुकिला नोट साट्दैछ ।

१७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ । एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ ।

बर्सेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैँमा यसको सम्भार गर्न अनुरोध गरेको हाे । यसका लगि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

‘पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, अनि दशैँमा धेरै नोट कच्याककुचुक पारेको देखिन्छ, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न अनुरोध छ’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उहाँले केटाकेटीहरुलाई पनि नोट जतनबारे जानकारी दिन अनुरोध गर्नुभयो ।

यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...