पाकिस्तानमा भयानक बस दुर्घटना, २६ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

पाकिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए । उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ ।

घाइतेको उपचारका लागि चिलासका जिल्ला अस्पताल र डिएचक्यू अस्पतालमा पठाइएको छ । यसअघि गत महिना पनि तीव्र गतिका कारण पाकिस्तानको उत्तर पश्चिम क्षेत्रका खोलामा खस्दा २४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...