त्रिभुवन विमानस्थलमा साँझ ५ देखि ८ बजे जहाजलाई सहुलियत



हाम्रो इकोनोमि

 

सरकारले कम भीडभाड हुने समयमा थप जहाज आउने वातावरण बनाउन सहुलियत प्याकेज ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैज्ञानिक स्लट व्यवस्थापन गर्ने र खाली भएको समयलाई अधिकतम उपयोग गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

साँझ ५ बजेदेखि ८ बजेसम्म विमानस्थलमा जहाजको चाप कम हुन्छ । राति ८ बजेदेखि ११ बजेसम्म भने बिमानस्थल निकै व्यस्त हुने गर्छ । यस्तै, बिहान ८/९ बजेबाटै बिमानस्थलमा चाप सुरु हुन्छ । खासगरी आन्तरिक उडानका कारण बिहान विमानस्थलमा उडान-अवतरणको अधिक चाप हुने गरेको हो ।

‘त्रिभुवन विमानस्थलको वैज्ञानिक व्यवस्थापन नहुँदा समस्या आएको मैले पाएँ,’ भट्टराई भन्छन्, ‘अब खाली रहेको समयमा नयाँ-नयाँ कम्पनी आकर्षित गर्न प्याकेज सार्वजनिक गर्छौं ।’

खाली रहेको समयमा थप वायुसेवा कम्पनीलाई आकर्षित गर्न सके त्यसले भ्रमण वर्षलाई समेत सहयोग गर्ने उनको विश्वास छ । स्वदेशी तथा विदेशी कम्पनीलाई त्रिभुवन विमानस्थलमा खाली रहेको स्लटमा उडानका लागि आहृवान गरिने मन्त्री भट्टराईले बताए ।

त्रिभुवन विमानस्थलले वार्षिक ४५/५० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिइरहेको भन्दै उनले राम्रो व्यवस्थापन गर्ने हो भने थप ३० लाख यात्रुलाई सहजै सेवा दिन सक्ने आशा व्यक्त गरे । विमानस्थलबाट सामान्य समयमा पनि दैनिक ७० हाराहारी अन्तर्राष्ट्रिय र ३ सय हाराहारीमा आन्तरिक उडान-अवतरण हुने गरेको छ ।

२४ सै घण्टा सञ्चालन हुने

अहिले त्रिभुवन विमानस्थलमा ट्याक्सी वेको पीच फेर्नेदेखि विभिन्न मर्मतका कार्य भइरहेका छन् । बुटिक एयरपोर्टको अवधारणाअनुसार पनि पूर्वाधार थप्ने काम जारी छ । यो काम डिसेम्बरसम्म सकिने छ ।

अहिले दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहेको यो विमानस्थल डिसेम्बरपछि २४ सै घण्टा सञ्चालनको योजना छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेटमा समेत त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनमा ल्याउने योजना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...

ओलीसहित वर्तमान कार्यसमितिको वैधानिकता सकिएको कार्यदलको निष्कर्ष

      नेकपा एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...