रवि लामिछानेसहित तीनैजना आज चितवन जिल्ला अदालतमा उपस्थित हुँदै



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी निधन प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुँदैछ । सञ्चारकर्मी रवि लामिछानेसहितका तीनजना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् । रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो ।

उनीहरुलाई आत्महत्यादुरुत्साहनको आरोप लागेको छ । दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई पाँच लाख, युवराजलाई तीन लाख रुपैयाँ र अस्मिता कार्कीलाई सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो । रविलगायतले जिल्ला अदालत चितवनको आदेश खारेज गरी पाउँ भन्दै उच्च अदालत पाटनको (हेटौंडा इजलास) मा निवेदन दिएका थिए । अहिले अदालतले सबै मुद्दालाई एकमुष्ठ सुनुवाइ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...