मिठाे भयाे भनेर धेरै खाएमा ज्यान पनि जान सक्ने खानाहरू



हाम्रो इकोनोमि

 

वल्र्ड क्यान्सर रिसर्च फन्डको अनुसन्धानअनुसार धेरै नूनको मात्रा भएको खानेकुराले पेटको क्यान्सरको जोखिम बढाउँछ । नून मात्र होइन, अन्य केही पदार्थले पनि हाम्रो शरीरमा स्लो प्वाइजनको काम गर्ने हुन्छ । त्यस्ता पदार्थको बढी मात्राको सेवनले गम्भीर रोग लाग्ने सम्भावना बढाउँछ । भारतको पुणेस्थित जहाँगिर हस्पिटलकी डाइटिसियन डा. नेहा सिरकेका अनुसार यहाँ उल्लिखित ७ पदार्थहरूको सेवन कम गर्नु बुद्धिमानी हुन्छ ।

अंकुरित आलु
अंकुरित आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ, जसले झाडापखाला लाग्न सक्छ । यस्तो आलु लगातार खानाले टाउको दुख्ने अनि बेहोसीको खतरा पनि निम्त्याउँछ ।

चिनी
बढी चिनी खानाले लिभरमा ग्लाइकोजिनको मात्रा कम हुन्छ । यसले मोटोपन, थकान, माइग्रेन, दम र डायबेटिज बढाउन सक्छ । चिनी धेरै खानाले बुढेसकालको छनक पनि चाँडै देखिन्छ ।

जाइफल
जाइफलमा मिरिस्टिसिन हुन्छ । यसले पटक–पटक हर्ट रेट बढ्छ, अनि वाकवाकी पनि हुनसक्छ । धेरै खानाले ब्रेन पावर पनि घट्न सक्छ ।

नून
नूनमा सोडियमको मात्रा अधिक हुन्छ । त्यसैले यसको ज्यादा सेवनले उच्च रक्तचाप हुनसक्छ, जसले गर्दा हार्ट अट्याक हुन पनि सक्छ । यसले क्यान्सर हुने जोखिम पनि बढाउन सक्छ ।

कोल्ड ड्रिङ्क्स
कोल्ड ड्रिङ्क्समा चिनी र फस्फोरिक एसिडको मात्रा धेरै हुन्छ । धेरै कोल्ड ड्रिङ्क्स पिउनाले मुटुको समस्या निम्त्याउन सक्छ । दिमाग पनि कमजोर बनाउन सक्छ ।

मैदा
मैदा बनाउने प्रक्रियामा फाइबर अर्थात् रेसादार पदार्थ निक्लिएर जान्छ । त्यसैले यो फाइबरविहीन हुन्छ । ज्यादा मैदा खानाले पेटको खराबी हुनसक्छ । यसमा ब्लिचिङ एजेन्ट्स हुन्छ, जसले रगत पातलो बनाउँछ । यसले हर्ट अट्याकजस्ता मुटुको रोग बढाउन सक्छ ।

मसरुम
काँचो मसरुममा कार्सिनोजेनिक कम्पाउन्ड्स हुन्छ । काँचो मसरुम खानाले क्यान्सरको सम्भावना बढाउँछ । त्यसलै च्याउ राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...