जुवा घरबाट चार महिलासहित ४३ जना पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा १0 पुरुष र चार महिला जुवाडे रहेका छन् । यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा संलग्न २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...