छात्रामाथि शोषण गरेको आरोपमा मन्त्री पक्राउ



हाम्रो इकोनोमि

 

कानून कलेजकी छात्रामाथि यौन शोषणको आरोपमा भारतका पूर्व केन्द्रिय मन्त्री पक्राउ परेका छन् । भारत उत्तर प्रदेशकी छात्रालाई यौन शोषण गरेको आरोपमा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको हो । यसका लागि पुलिस शुक्रबार बिहान उनको आश्रम पुगेको थियो । अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ ।

सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । केही दिनअघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई सुम्पिएको थियो । बुधबार राती चिन्मयानन्दको स्वास्थ्य खराब भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् ।

त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजे पनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो । यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...