साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न



हाम्रो इकोनोमि

 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा कर्पोरेसनकी प्रमुख अधिकृत उर्मिला श्रेष्ठले इतिहासको लामो समयमा निरन्तर रुपमा कर्पोरेसनले आफ्नो उद्देश्य र प्रतिवद्धता अनुसार आम जनतालाई सुपथ र सहजरुपमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध गराउँदै आएको बताउनु भयो । नेपाल सरकारले निर्धारण गरेको नीति नियम भित्र रही कर्पोरेसन आपुर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सबै प्रदेशलाई लक्षित गरि कार्यक्षेत्र विस्तार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई सहयोग पुर्याउने नीति रहेको बताउनु भयो । नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहँुचमा पुर्याउन कर्पोरेसन सदैव सक्रिय रहेको बताउनुभयो । हिन्दुहरुको महान पर्व दशै,तिहार र छठलाई मध्येनजर गरि सदा झै यस वर्ष पनि सुपथ मुल्य पसल संचालन गरिएको छ ।

कर्पोरेसनले देशका ७३ स्थानमा यस्ता सुपथ पसल भदौं २३ गते देखि संचालनमा ल्याएको छ । साथै मोवाइल भ्यानबाट पनि दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गरिने बताएको छ । जसले जनतालाई राहत पुर्याउनेछ । कालो बजारीबाट उपभोक्ता ठगिन पाउने छैनन् ।

नुन,तेल,चामल,गेडागुडी लगायतका खाद्य बस्तुहरु सुपथ पसलमा सहुलियत मुल्यमा पाइन्छन् । कर्पोरेसनले वितरण गर्दै आएको गुणस्तरीय खाना पकाउने ग्यासको बिक्री निरन्तर बढेको छ ।

विभिन्न कारण बजारमा गुणस्तरहिन अखाद्य बस्तुहरु भित्रिने र अनियन्त्रीत मूल्य बृद्धि जस्ता समस्याहरुको समाधानमा सार्वजनिक निजी साझेदारीको रुपमा स्थापित कर्पोरेसन जस्ता संस्थाहरुको अपरिहार्यता र भुमिका अझ बढी हुने कार्यकारी प्रमुख श्रेष्ठले बताउनुभयो । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ ।

हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई÷मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।

सन १९८५,८६ को सर्वेक्षण अनुसार नेपालमा ४४.२ प्रतिशत गलगाड रोगी रहेकोमा सन २००७ मा नेपाल सरकार तथा भारत सरकारको सहयोगमा गरिएको एक सर्वेक्षण अनुसार ०.४ मा झरेको पाइएको थियो । सन् २०१६ को नेपाल सरकारबाट भएको अर्को सर्भेक्षण अनुसार ९४.५ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उचित मात्रामा आयोडिन नुनको प्रयोग गरिरहेको देखाइएको छ ।

सन २०१६ को अनुसन्धान अनुसार सबै प्रकारका नुनहरुमा आयोडिन परिक्षण गर्दा ९०.७ प्रतिशत नुनमा उचित माात्रामा आयोडिन युक्त नुन घर परिवारमा उपभोग गरिरहेको देखाइएको छ ।

वार्षिकोत्सवको अवसरका कर्पोरेसनले हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । यस वर्ष कर्पोरेसन र नमो हारती बचत तथा ऋण सहकारी संस्था लि, र रोटरी क्लब अफ काठमाडौं वेष्ट, एफ.एच.एफ हारती गु्रपको संयुक्त आयोजनामा रक्तदान एवं निशुल्क स्वास्थ्य परिक्षण संचालन गरिएको थियो उक्त कार्यक्रममा १६७ जना महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।

यसका साथै ७०० जनाले स्वास्थ्य परिक्षण गराउनु भएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बालहितकारी पुरस्कारबाट पुरस्कृत हुने गोसाइस्थान नैमिषरण्य क्षेत्र विकास समिति बनेपा, काभेपलाञ्चोकलाई ताम्रपत्र सहित रु ७५ हजार नगद प्रदान गरिएको थियो ।

त्यसैगरि कर्पोरेसनका कर्मचारीहरुका छोराछोरी एस.ई.ई.परीक्षामा उत्कृष्ट अंक ल्याई साल्ट टेडिड अनंकमान शेरचन छात्रवृति प्राप्त गर्ने अंचल कार्यालय विरगंजका कर्मचारी अमोज लामिछानेका छोरा अभिषेक लामिछाने तथा साल्ट ट्रेडिङका लोकनाथ जोशी छात्रवृति प्राप्त गर्ने केन्द्रिय कार्यालयका कर्मचारी मेघराज ज्ञवालीको छोरी सुश्री स्नेहा ज्ञवालीलाई प्रदान गरिएको छ ।

त्यसैगरि कर्पोरेसनको अधिकृतस्तर रहि काम गर्नुभएका कर्मचारी जितेन्द्र कुमार साह र सहायक स्तरमा रही कार्य गर्नुभएका विमल खनाल र स्तरविहिन कर्मचारी विष्णु केसी, हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

त्यसैगरि कर्पोरेसनका संचालक स्वर्गीय इश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट उमेश कुमार ओझा, सहायक स्तरमा सुदीपसिंह रायमाझी र स्तरविहिन संजय कर्माचार्यलाई पुरस्कृत गरिएको थियो । त्यसैगरि २० वर्षे अवधि पुरा गरेका कर्मचारीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

उक्त वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि एवं माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले दशै,तिहार र छठपर्वलाई लक्षित गरि ल्याइएका सुपथ पसले जनताले ढुक्कसँग सामान खरिद गरि चाडपर्व मनाउन पाउने बताउनुभयो ।

मन्त्री यादवले चाडपर्वका बेला उपभोग्य सामग्रीहरु खाँचो नपार्ने र ६ महिनासम्मलाई पुग्ने स्टक सामान भण्डारण गरिएको बताउनुभयो । मन्त्री यादवले चाडपर्वका मौका छोपी काला बजारीयाले दैनिक उपभोग्यका वस्तुमा मूल्यवृद्धि गरेमा कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

‘चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराउन खोज्नेमाथि सरकार निगरानीमा बस्छ । अनुगमन गर्छ, दोषी ठ¥हरिए कारवाही गर्छ । चाडबाडको मौका छोपेर बजार भाउ वृद्धि गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...