संसदको अधिवेशन आजबाट अन्त्य हुदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने



हाम्रो इकोनोमि

 

संघीय संसदको चालु अधिवशेन आज बाट सकिदैछ । गत वैशाखबाट शुरु भएको वर्षे अधिवेशन आज संसदमा प्रधानमन्त्री देखि प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गरेपछि सक्ने तयारी भएको छ ।

सभामुख कृष्ण वहादुर महरा शनिवारबाट एक साताका लागि काजकिस्तान भ्रमणमा जान लागेका कारण पनि अधिवेशन आजै अन्त्य गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी ओलीले आजै दिउँसो साढे २ वजे संसदलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यो चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्षको वजेट लगायत केही महत्वपूर्ण विधेयकयहरु पारित गरेको थियो ।

यद्यपी वहुचर्चित मानिएको नागरिकता विधेयक यो अधिवेशनमा पनि जस्ताको तस्तै समितिमै अलपत्र परेको छ ।

प्रमुख राजनीतिक दलहरुकै बीचमा विद्येयकका विषयमा सहमति बन्न नसकेपछि यो विद्ययेक चालु अधिवेशनमा टुंगिन नसकेको हो । यो विद्ययेक २२ साउन २०७५ मै संसदमा दर्ता भएको थियो । यो अहिले संसदको राज्य ब्यवस्था समितिमा छलफलकै क्रममा छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ दल नेकपाकै बीचमा विधेयकका कतिपय प्रावधानका विषयमा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...