दसैको मुखमा तरकारी तीन गुणासम्म मूल्यवृद्धि



हाम्रो इकोनोमि

 

मुख्य चाडपर्व नजिकिँदै गर्दा हरियो तरकारीमा अस्वभाविक मूल्य वृद्धि भएको छ । आलु, प्याज, बोडी, करेला जस्ता तरकारीको मूल्य बढ्दा आम उपभोक्ता मारमा परेका छन् ।

भदौ २५ गते ३८ रुपैयाँ किलो थोक बिक्री भएको तनेबोडीको मूल्य असोज १ गते ९८ रुपैयाँ पुगेको छ । यस्तै, सोही दिन ३३ रुपैयाँमा बिक्री भएको तिते करेला एक सातामै १३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँ किलोको घिरौला पनि सातौ दिनमा ७८ रुपैयाँ थोक मूल्य पुगेको छ

रातो आलुको मूल्य एक सातामै ४३ रुपैयाँबाट बढेर ५८ रुपैयाँ किलो पुगेको छ । एक साताअघि प्रतिकिलो ५९ रुपैयाँमा थोक बिक्री भइको सुकेको प्याजको मूल्य ८९ रुपैयाँ पुगेको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिद-बिक्री हुन्छ । पछिल्लो
एक सातामा यिनीहरुमध्ये अधिकांशको भाउ बढेको छ । दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको छ ।

गोलभेडाको मूल्य भने यो साता घट्दो क्रममा देखिएको छ । नेपाली ठूलो गोलभेडा प्रतिकिलो ७ रुपैयाँ, नेपाली सानो ६ रुपैयाँ र भारतीय गोलभेडाको मूल्य भने स्थीर छ ।

कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले भने तरकारीको मूल्य नबढेको दावी गरेको छ । संघका अध्यक्ष भरत खतिवडाले तरकारीको मूल्य बढेको कुरा अफबाह भएको बताए । व्यवसायीलाई गलत देखाउन मूल्य बढेको हल्ला गरिएको उनको दावी छ । ‘पानी परेका कारण सडक अबरुद्ध छ । बजारमा तरकारी अभाव भयो होला तर मूल्य बढेको छैन,’ खतिवडाले भने ।

यता कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने वर्षाकै कारण तरकारीको मूल्य बढेको जनाएको छ । प्याजको मूल्य भारतमै बढेका कारण नेपालमा असर परेको र अन्य तरकारी आवश्यक मात्रामा बजारमा नआएको एवं आएका पनि कृषकले नै बढी मूल्य लिएको पाइएको समितिका उप निर्देशक तथा प्रवक्ता बिनय श्रेष्ठले बताए ।

एकाध तरकारीहरुको मौसमी उत्पादन सकिन थालेका कारण पनि मूल्य बढ्न गएको हुन सक्ने उनको आशंका छ । थोकमै मूल्य बढेपछि खुद्रा पसलमा झनै मूल्य बढेको उपभोक्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...