तीनवटा बोइङ लिएर सि जिनफिङ नेपाल आउने, साँघुरो हुनेभयो विमानस्थल!



हाम्रो इकोनोमि

 

बसाइ छ, जम्मा एक दिन र एक रातको। तर तयारी यस्तो छ कि, काठमाडौँको चप्पा, चप्पा बुझिँदै, फोटो खिचिँदै छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारीको क्रममा चीनले सुरक्षा स्थिति अध्ययन गर्न चिनैपिच्छेजस्तो बेग्ला–बेग्लै टोली काठमाडौँ पठाइरहेको छ।

त्यसक्रममा बेइजिङबाट एकजना जर्नेलनको नेतृत्वमा १७ जनाको फौज सोमबार काठमाडौँ ओर्लिएको छ।

उक्त टोलीले आएकै दिन साँझपख अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, भिआइपी, भिभिआइपी, आउञ्ज, आगमन र प्रस्थान कक्षको अवलोकन गरिसकेको छ।

चिनियाँ विदेशमन्त्री वाङ् यी फर्किएलगत्तै उताबाट आउने टोलीहरु थपिन थालेका छन्।

चिनियाँ पक्षले राष्ट्रपतिलाई काठमाडौँ उतार्दा कतिवटा जहाज, कति मानिस ल्याउनेदेखि लिएर कसलाई कहाँ राख्ने, हिँडडुल र भेटघाटका तालिका कति र कसरी तय गर्नेसम्मका विषयबारे छलफल गरिरहेको छ।

चीनले ८०० सिरिजको तीनवटा बोइङ ७४७ जहाजसहित राष्ट्रपति जिनफिङलाई अवतरण गराउने चाहना व्यक्त गरेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

तर, यहाँ त्यस्तो जहाड अवतरण गराउन मुस्किल हुने स्पष्ट पारिएको बताइएको छ।

नेपालसँग भएको र यहाँको विमानस्थलमा सहजताकासाथ अवतरण हुनसक्ने ७४७ बोइङ ‘फोर ई’ क्याटागोरीको हो। तर चिनियाँ जहाज भने ‘फोर–फोर एफ’ क्याटोगोरीका छन्।

हाम्रो विमानस्थलमा ४ सय सिरजको ७४७ बोइङलाई अवतरणमा समस्या छैन।

तर, चीनबाट आउने भनिएको ८ सय सिरिजका बोइङका पखेटा लामा हुन्छन्।

त्यसकारण यहाँको साँधुरो विमानस्थलमा समस्या हुनसक्ने नेपाली अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...