अदुवाको मूल्य अहिलेसम्मकै उच्च



हाम्रो इकोनोमि

 

कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ ।

विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ ।

आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।

पछिल्ला दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृकार्यमा प्रयोग गर्नसमेत समस्या भएको जिल्लावासीले बताएका छन् ।

जिल्लाका किराँत, राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् । आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि विगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताए ।

“यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवाखेती गरियो”, उनले भने, “पछि आएर वाणिज्य सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छाडियो ।”

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार÷पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो ।

सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यावसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घसमेत गठन गरेको थियो ।

जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।

यसअघि आफूले उत्पादन गरेको अदुवा रु १० मा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल–२ सोल्माका कृषक गङ्गाबहादुर विश्वकर्माले बताए ।

“वाणिज्य सङ्घले खरीद गर्ने भनेको अदुवा जिल्लामा बिक्री नभएपछि केही बाहिर निर्यात ग¥यौँ”, उहाँले भन्नुभयो, “बाहिर निर्यात गर्दासमेत फाइदा नभएपछि खेती नै गर्न छाड्यौँ ।” यहाँ अदुवा उत्पादनका लागि उपयुक्त भूगोल रहे पनि बिक्री नभएपछि कृषकले खेती गर्न छाडेका कृषि ज्ञान केन्द्रका प्रमुख दिनेशप्रसाद यादवले बताए ।

“हावापानीका हिसाबले खोटाङ अदुवाका लागि उपयुक्त भूगोल छ”, उनले भने, “अदुवालाई प्रशोधन तथा बजारीकरण गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने सम्भवाभना देखिन्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म सबै स्थानीय तहका कृषकले अदुवाखेती गर्दै आएका थिए ।

उत्पादन गरेको अदुवा बिक्रीका लागि सम्बन्धित निकायले कुनै चासो नदिएपछि खेती गर्न छाडेको कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...