काभ्रेमा एकैपटक चार वटा हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण, सबै यात्रु सकुशल



हाम्रो इकोनोमि

 

सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् ।

हेलिकप्टर अवतरण भएको ठाउँमा पुग्नुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उहाँले जानकारी दिनुभयो । सबै यात्रु सुरक्षित रहेका छन् । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...