आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)



हाम्रो इकोनोमि

 

धेरै मानिसहरुको साझा समस्या हो, आँखा वरिपरीको कालो धब्बा अर्थात् ‘डार्क सर्कल’ । केहिको वंशानुगत गुण भएतापनि धेरैजसो हावापानी, खानपान, धेरै तनाव लिनु, अनिद्रा र छालाको कारण डार्कसर्कल देखिन्छन् । केहि मानिसहरु भन्छन्, यो दाग कहिले बढी देखिन्छ कहिले घटी । आँखा वरिपरि देखिने निलो र कालो जस्तो यो रङ अर्थात् ‘डार्क सर्कल’ ले सुन्दरतालाई नै बिगारेको हुन्छ ।
चिकित्सकहरु भन्छन्, भिटामिनयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ । भान्छामा भिटामिन सी युक्त खानेकुरा पछि नछुटाउनुहोस् ।
डार्क सर्कल हटाउन केहि उपयोगी टिप्सहरु निम्नानुसार छन् ।
आलुलाई मसिनो पारेर पिसेर त्यसको लेप पनि प्रयोग गर्नहोस् । यो नियमित प्रयोग गर्नुपर्छ । तर आलुको लेप लगाउँदा आँखा चिम्म गरेको अर्को व्यक्तिको सहारा लिनुहोस् ।

-गोलभेंडा र कागतीको रस करिब एक चम्चा दिनमा दुई पटक डार्क सर्कलमा लगाएर आँखा बन्द गरी आराम गर्नुहोस् ।

-गोलभेंडाको रससँग पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा पनि डार्क सर्कल त्र्रमिक रुपमा हराएर जान्छ ।

-सुन्तलाको बोक्रालाई राम्ररी घाममा सुकाएर धुलो हुनेगरी पिस्नुहोस् । अब त्यो पाउडरलाई थोरै गुलाफ जल मिसाएर नियमित कालो घेरामा लगाउनुहोस् ।

-पुदिनाको पातलाई पिसेर आँखा वरिपरि लगाउने गर्दा पनि राहत मिल्छ ।

-पाँचवटा बदामलाई मसिनो गरेर पिसी थोरै दुध मिसाएर पेष्ट बनाई डार्क सर्कलमा नियमित लगाउने गर्नाले पनि दाह हट्छ ।

– दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस् । हर्बल र आयूर्वेदिक क्रिमहरुको प्रयोग राम्रो मानिन्छ ।

-अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले यस्ता खानेकुराको सेवन गर्दा डार्क हट्छ ।

– चिसो दूधको लेपले पनि कालो घेरा हट्न सक्छ
तपाईको पनि यस्ता समस्या छन् भने तिनलाई वेवास्था गर्नु वा क्रिम पाउडरको सहायताले छोपेर हिड्नुभन्दा आफ्ना भान्छामा भएका यी कुराहरुको प्रयोगबाट लाभ लिन चिकित्सकहरु सुझाउँछन् ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...