प्रेम भनेको के हो? तपाईँले कस्तो प्रेम गरिरहनुभएको छ?



 

प्रेम शब्द आफैमा एउटा यस्तो चिज हो, जसलाई नत देख्न सकिन्छ नत छुन नै, प्रेममा सकिन्छ त बस महसुस गर्न । जसमा भावनाका साथ साथै अनुभव पनि समावेश हुन्छ। जब मानिसहरू प्रेममा पर्छन् तब उनीहरू सोच्ने गर्छन् कि यस संसार नै उनीहरूको बहसमा छ ।  प्रेममा परेका व्यक्तिहरूलाई यस्तो पनि लाग्ने गर्छ, मानौं उसको चारैतिर मात्र प्रेम छ । तर के तपाईँले कहिल्यै यो सोच्नु भएको छ? तपाईँले कस्तो प्रेम गरिरहनु भएको छ? यदि सोच्नु भएको छैन भने थाहा पाउनुहोस् तपाइको प्रेम सम्बन्धबारे l जसलाई तल प्रस्तुत गरिएको छ l

स्वार्थी प्रेम  :
यदि तपाईँले कसैसँग  आफ्नो स्वार्थका लागी मात्र प्रेम गाँस्नु भएको छ भने थाहा पाउनुहोस् l त्यो प्रेम स्वार्थ छ l जहाँ धोका हुने सम्भावना अधिकांश मात्रामा छ । यस्तो प्रेम झुक्किएर पनि गर्ने बानी नबसाल्नुहोस् ।
एकतर्फी प्रेम
आफूले प्रेम गरेको व्यक्तिलाई थाहै नदिई गरिने यस किसिमको प्रेमलाई एकतर्फी प्रेम भनिन्छ l जहाँ पीडाको अलावा अरू केही पाइँदैन । यस्तो प्रेम गर्ने व्यक्तिलाई अक्सर साहित्यकारको नाम पनि दिइने गरिन्छ l

निस्स्वार्थ प्रेम :
यदि तपाईँ कुनै एक व्यक्तिको प्रेममा पर्नु भएको छ र उसैलाई मात्र माया गर्नु हुन्छ वा उसको  हरेक सुख दुखमा साथ दिनुहुन्छ भने यस किसिमको प्रेमलाई निस्स्वार्थ प्रेमले चिनिने गरिन्छ l जहाँ मात्र प्रेम समावेश हुन्छ न कि धोका । यस किसिमको प्रेमले खुसी दिने गर्दछ ।

खाली प्रेम :
जब कुनै जोडी प्रेममा परेपछि पश्चाताप, दुख या पीडामा हुन्छन् तब यस किसिमको प्रेमलाई खाली प्रेम भनिन्छ l यस्तो प्रेम विशेष गरी विवाहित जोडीहरूमा हुन्छ,  जो एक अर्काप्रति समर्पित हुँदैनन् ।

रोमान्टिक प्रेम :
यदि तपाईँलाई स्वयंले प्रेम गरेको व्यक्तिको सामु गई  आफ्नो प्रेम प्रदर्शन गर्न मन लाग्छ वा सधैभ उनकै नजिक हुन् मनपर्छ भने यस किसिमको प्रेमलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ । यस प्रकारको प्रेममा परेका जोडीहरू एक अर्काका विना बाँच्न नै नसक्ने पनि हुन्छन् ।

लंगटर्म प्रेम :
यदि तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ र सोही सम्बन्धलाई लामो समयसम्म कायम नै राखी रहनु हुन्छ भने यस किसिमको प्रेमलाई लंगटर्म प्रेम भनिन्छ । अधिकांश यस्तो प्रेम विवाहमा गएर परिणत हुने गर्छ ।

चंचल प्रेम :
गरी यस किसिमको प्रेम बचपनमा हुने गर्छ । तर कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर वा फ्लर्ट गरेर सुरु हुने गर्दछ ।

प्रेमिल प्रेम :
विशेष यस किसिमको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईँले आफ्नो साथीभाइसँग बढी गर्नुहुन्छ साथित्व निर्वाह गर्ने प्रेमलाई नै प्रेमिल प्रेम भनिने गरिन्छ l यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग