आइफोन ११ अभूतपूर्ण विशेषता र मुल्यको जानकारी



हाम्रो इकोनोमि

 

विश्वले आर्थिक मन्दीकोे मार खेपिरहेका बेला एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ । नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ ।

यसका साथै टेलिफोटो, अल्ट्रा वाइड र नाइट मोड पनि छ, जसको मदतमा कम प्रकासमा पनि राम्रो गुणस्तरको तस्वीर खिच्न सकिन्छ । प्रोसेसर पनि पहिलेको आइफोनमा भन्दा राम्रो छ । अर्थात यो फोन अहिलेकोभन्दा तीव्र गतिमा काम गर्छ ।

एप्पलका अजुसार ब्याट्री पनि पहिले भन्दा राम्रो छ । चार वा पाँच घन्टाभन्दा बढी काम गर्छ । क्यालिफोर्नियामा भब्य समारोहमा एप्पलका सीईओ टिम कुकले एकसाथ तीन मोबाइल लञ्च गरे । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर छ ।

यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट छ । पानी र धुलोले यसलाई कुनै असर नगर्ने एप्पलको दाबी छ । मोबाइल स्क्रीनको रिजोल्यूशन ४५८ पीपीआई छ । डिस्प्लेलाई सुपर रेटिना नाम दिइएको छ ।

आईफोनले पहिलो पटक ट्रिपल क्यामेरा प्रविधि ल्याएको छ । यसमा १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा, १२ मेगापिक्सलकै अल्ट्रा वाइड एंगल क्यामेरा र निकै राम्रो जुमका लागि टेलिफोटो क्यामेरा छ । वाइड एंगलका तस्वीर लिने क्षतमताका कारण अब ग्रुप सेल्फी लिँदा धेरै मानिसलाई तस्वीरमा कैद गर्न सक्छ ।

नाइट मोड र ६० फ्रेम प्रति सकेण्डको दरमा भिडियो रेकर्ड सुविधा पनि छ । उसो त यो प्रविधि नयाँ भने होइन । सामसुङ ए८० र हुवाई प्रो २० प्रो जस्ता मोबाइल फोनमा नाइट मोड प्रविधि छ । सामसुङ ए८० मा ट्रिपल क्यामेरा पनि छ । नयाँ मोडलको आइफोन १३ सेप्टेम्बरबाट प्रि अडर हुनेछ भने २० तारिखबाट ग्राहकले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...