११ लाखमा शिशु विक्री गर्ने बाल संगठनका निर्देशक डंगोल जेल चलान



हाम्रो इकोनोमि

 

बलात्कृत बालिकाबाट जन्मिएको शिशुलाई विक्री गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई जेल चलान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । डंगोललाई काठमाडौं प्रहरीले २९ साउनमा पक्राउ गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार डंगोललाई केही दिनअघि अदालतले थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार चलान गरिएको छ ।

उनका अनुसार डंगोलमार्फत ११ लाखमा शिशु खरिद गरेर बेलायत लान खोज्ने डोना स्मिथलाई पनि प्रहरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

गर्भपतन गराउन पुगेकी बालिकालाई प्रसुति गृहसम्म पठाएको आरोप लागेकी कलंकीको सञ्जीवनी बर्थिङ सेन्टरकी स्टाफ नर्स निर्मला मगरलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

निर्मलाले डंगोलसम्म त्यो सूचना पुर्‍याएवापत पीडितलाई दिन्छु भनेर १ लाख ३५ हजार रुपैयाँको चेक लिएको अनुसन्धानका क्रममा देखिएको थियो । तर, उनले पीडितलाई २४ हजार रुपैयाँ मात्रै दिएको बयानमा खुलेको थियो ।

शिशुलाई विदेश लैजाने क्रममा गलत कागजपत्र बनाउन सहयोग गरेका ३ जना डाक्टरले भने उन्मुक्ति पाएका छन् । प्रहरीले पनि उनीहरुलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । उनीहरुलाई अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...