१८ सय प्रहरी कारबाहीमा, २५६ को जागिर चट्



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा कार्यरत् जवानदेखि अधिकृतसम्मका १८ सय जना गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।

नोकरीबाट हटाइएका अधिकृतमा एक जना प्रहरी उपरीक्षक पनि छन् । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाट हटाइएको थियो ।

यही अवधिमा दुई जना प्रहरी निरीक्षकको पनि जागिर गएको छ भने ५ जना प्रहरी नायब निरीक्षक, ११ जना प्रहरी सहायक निरीक्षक, २४ जना प्रहरी हवल्दार र १ सय ९५ जना प्रहरी जवान सेवाबाट हटाइएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यो अवधिमा ११ जना प्रकास पनि कारबाहीमा परेका छन् । प्रकास प्रहरी जवानपछिको पद हो । बर्खास्तीमा पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई/दुई जना प्रहरी हवल्दार र जवानसहित ११ जना प्रकाश छन् ।

यो अवधिमा प्रहरी प्रधान कार्यालयले १ हजार ५ सय ४४ जनालाई विभागीय कारबाही गरेको छ । विभागीय कारबाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान ९ सय ८६ जना छन् । प्रहरी हवल्दारतर्फ ३ सय ३३ जना विभागीय कारबाहीमा परेका छन् भने दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले पनि कारबाही पाएका छन् ।

विभागीय कारबाही पाउनेमा दुई/दुई जना एसपी र डीएसपी (प्रहरी नायब उपरीक्षक) छन् । विभागीय कारबाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायत पर्छ । प्रहरी प्रधान कार्यालयका अधिकृतहरु गलत कार्य गर्नेविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने संगठनले नीति लिएर कारबाही संख्या बढेको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...