पूर्वडीआईजी पक्राउ



हाम्रो इकोनोमि

 

इन्द्रजात्रा हेर्न पुगेका बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेत पनि छन् ।

‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेका थियाैं, प्रहरीहरु आएर माथिको आदेश छ भनेर उठायो’, पूर्वडीआईजीले भने, ‘हामीलाई पुलिस क्लबमा राखेको छ ।’

हरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको भट्टको गुनासो छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको बताए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ ।

तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...