रोल्पाको थबाङमा पहिरोले घरै पुरियो, दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

 

रोल्पामा पहिरोले घरै पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले अन्य ४ जनालाई पनि पुरेको छ ।

जिल्लाको थबाङ –२ छेर्लबाङमा गएराती आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका गरी ६ जना बस्दै आएका थिए ।

प्रहरीका अनुसार, घटनामा परी दुई जनाको शव फेला परिसकेको छ । अन्य हराईरहेकाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ । पहिरोमा परी शीरकुमारी बुढा र उनकी ४ वर्षका छोरा अशलको शब पुरिएको अवस्थामा स्थानियले बिहान निकालेका हुन् ।

पहिरोमा अझै जय बुढा, उनको पत्नी मुलज्योती बुढा, छोरी गृष्मा र अर्की ढेड वर्षिय छोरी छन्  । उद्धारमा खटिएका गाउँलेले उनीहरु जिवितै फेला पर्ने संभावना न्युन रहेको बताएका छन् ।

घरमाथि खनिएको सडकको माटो सहित आएको पहिरोले  घर पुरिएको बताईएको छ । थप विवरण आउन बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...