अतिविशिष्ट ६ जनालाई मात्र विमानस्थलभित्र आफ्नै गाडी लैजाने सुविधा



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए ।

उक्त निर्णय कार्यान्वयनमा आएको विमानस्थलले बिहीबार एक सूचना जारी गर्दै जानकारी दिएको हो । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने भएका छन् । साथै, सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा दिइएको छ ।

त्यसबाहेक अब विशिष्ट व्यक्ति (भीआईपी)हरुले भने वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारी साधन नै चढेर जहाजसम्म पुग्नु पर्ने भएको छ । यसको मतलव अब पूर्वप्रधानमन्त्री, वहालवाला मन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरुले अन्य यात्रुसँगै टर्मीनलबाट जहाजसम्म बसमा यात्रा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...