पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्द रिहा



हाम्रो इकोनोमि

 

सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...