नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दैं



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ९ भदौंमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेयता बस्न सकेको थिएन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्वदेश फर्केपछि सचिवालय बैठकको तयारी भएको हो ।

पार्टीका दुई अध्यक्षको लगातारका भेट र छलफलपछि आज सचिवालय बैठक बोलाएको हो । ९ भदौंमा ओली नहुँदा पनि प्रचण्डको अध्यक्षतमा पहिलो पटक नेकपा सचविालय बैठक बसेको थियो ।

ओलीले सिंगापुर भ्रमणमा जानु अगाडी ५ भदौंमा आफु नहुदा पनि सचिवालय बैठक बोलाउन र आवश्यक निर्णय लिनका लागि अध्यक्ष प्रचण्डलाई जिम्मा दिएका थिए । नेकपाभित्र पार्टी जिम्मा प्रचण्ड र सरकारको जिम्मा ओलीले लिने गरी कार्यविभाजन गर्न दबाब परिरहेका बेला अव ओलीले एकल कार्यकारी जिम्मा प्रचण्डलाई दिन्छन् ? दिदैनन् भन्ने नेकपाभित्र अहिले प्रतिक्षाको विषय बनेको छ ।

५ भदौंमा बसेको सचिवालय बैठकमा ओली नेपाल चर्काचर्की समेत परेको थियो । त्यो दिन देखि यी दुई नेताका बीचमा औपचारिक भेटघाट र कुराकानी समेत पनि भएको छैन ।

रोकिएको पार्टी संगठनात्मक एकताका विषयमा निर्णय लिनका लागि बिहिबार सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

नेकपाभित्र केन्द्रीय निकायका रुपमा लेखा, अनुशासन, निर्वाचन आयोग गठनका विषयमा निर्णय लिन बाँकी छ । महानगर कमिटि, प्रवास कमिटिहरुको एकताका काम पनि बाँकी छ । केन्द्रले टुंग्याउनु पर्ने राष्टिय प्रतिनिधी परिषद्को गठन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...