आफन्तले नै ४० हजारमा बेचे १२ वर्षीया बालिकालाई



हाम्रो इकोनोमि

 

१२ वर्षकी एक बालिका, सुनिता (नाम परिवर्तन) । जो आफ्नी दिदीको घरमा बसेर पढाइ गरिरहेकी थिइन् । म्याग्दी घर भएकी उनी बागलुङमा रहेको दिदीको घरमा बस्थिन् । दिदीकी सानी छोरी भएकाले ती सानी छोरीको रेखदेख गर्थिन् भने उनी आफै पनि विद्यालय गएर पढ्ने गरेकी थिइन् ।

दिदीको घरमै बस्दैगर्दा भेट भइन् लक्ष्मी परियार (नाम परिवर्तन) । खासमा लक्ष्मी सुनिताको भिनाजुको दिदी थिइन् । भिनाजुको दिदी भएपछि उनी त्यहाँ आइरहने गर्थिन् । लक्ष्मीको छोरी पनि झण्डै सुनिता जत्तिकै उमेरको थियो । त्यसो भएपछि सुनिता र लक्ष्मीकी छोरी पनि सँगै खेल्ने साथी बने ।

यो सबै देखेकी लक्ष्मीले सुनितालाई पनि ‘छोरी’ जत्तिकै माया गर्न थालिन् । लक्ष्मी नेपाल र इन्डिया दुवैतिर आउजाउ गरिरहने भएकाले लक्ष्मीले सुनितालाई फकाइन् कि इन्डिया जाने र उतै पढ्ने । इन्डिया विकसित सहर भएको पढाइ राम्रो भएको तथा खान लाउन पनि राम्रोसँग पाउने भएपछि सुनिता लक्ष्मीसँग दिल्ली जान तयार भइन् । दिदीको घरमा बसिरहेकी सुनिता दिदीलाई थाहा नै नदिई दिल्ली जान तयार भइन् ।

घरको कलहका कारण दिदीको घरदेखि दिल्लीसम्म

खासमा म्याग्दी घर भएकी सुनिताको घरमा सधैँ कलह हुन्थ्यो । बुबा र आमा दुवैजना सधैँ रक्सी खाएर झगडा गर्ने गर्थे भने आर्थिक अवस्था पनि राम्रो थिएन । राम्रोसँग खान र लाउनसमेत पुग्दैनथ्यो ।

यहीबीचमा गाई काटेर मासु खाएको आरोपमा सुनिताको बुबा जेल परे । त्यसपछि त परिवारमा झनै धेरै समस्या आउन थाल्यो । कमाउने व्यक्ति नै जेल पुगेपछि आर्थिक अवस्था झनै कमजोर बन्न थाल्यो भने बिहान र बेलुकाको छाक टार्न पनि धौधौ पर्न थाल्यो । त्यसपछि दाइ र आमालाई छाडेर सुनिता दिदीको घर बाग्लुङमा गएर बस्न थालेकी थिइन् ।

बुबा जेलबाट छुटेपछि एक पटक सुनिता म्याग्दी आएकी थिइन् । तर जेलबाट छुटेपछि बुबा र आमा दुबैजनाले झनै बढी रक्सी खान थाले । घरमा दैनिक झगडा हुन थाल्यो । कैयौँ दिन भोकभोकै बस्नुपर्यो । त्यसपछि सुनिता फेरि दिदीकै घर पुगिन् ।

घरमै सधैँ कलह र आर्थिक दुरावस्थाका कारण राम्रोसँग खान र लाउनसमेत नपाउने भएपछि सुनिता दिदीको घरमा सानोतिनो काम गर्ने र पढ्ने गरेकी थिइन् । उनी त्यतिबेला कक्षा ५ मा पढिरहेकी थिइन् ।

यहीबीचमा भेट भएकी लक्ष्मीले सुनितालाई लोभ र अवसर देखाइन् । आफ्नै घरमा सामान्य काम गरे हुने र राम्रोसँग खान लाउन दिने अनि छोरी सरह माया गर्दै पढाउने सपना देखाएपछि सुनिता लक्ष्मीसँगै दिल्ली जान तयार भइन् ।

२०७५ जेठमा कक्षा ५ मा पढ्दै गरेकी सुनिता दिदी र भिनाजुलाई थाहा नै नदिई तिनै लक्ष्मीसँग दिल्ली जानका लागि बसमा चढिन् ।

बाग्लुङबाट चढेको बस पोखरा आएर रोकियो । पहिलो दिनको सुनिताको यात्रा पोखरासम्म मात्रै हुने भयो ।

लक्ष्मीले सुनितालाई पोखराको एक होटलमा ल्याएर राखिन् । त्यसै दिन तिर्थे भन्ने व्यक्ति भेटिए । तिर्थे र लक्ष्मीको सम्बन्ध के हो सुनितालाई थाहा छैन । तर सुनितालाई दिल्ली पुर्याउने मध्येका एक थिए ती तिर्थे पनि । तिर्थेको बारेमा सुनितालाई अरू थप केही जानकारी पनि छैन । यद्यपि लक्ष्मी सँगै भएपछि सुनिता पनि त्यही होटलमा बसिन् ।

भोलिपल्ट पोखराबाट बसमा यात्रा गरेको सुनितालाई याद छ । तर कुन बाटो दिल्ली गयो भन्नेचाहिँ सुनितालाई थाहा छैन । तिर्थेले सुनितालाई भनेको थियो कि को हो भनेर सोध्यो भने मेरो दाइ हो भन्नु ।

यद्यपि सुनितालाई बोर्डरमा कसैले पनि कहाँ जान लागेको हो र सम्बन्ध के हो भनेर सोधेनन् । तिर्थेले कुनै कागज देखायो र त्यो कागज देखाएपछि बोर्डरबाट सुनितालाई दिल्ली जान दिइयो ।

दिल्ली पुगेपछि सुनिता केही समय लक्ष्मीकै कोठामा बसिन् । तर छोरीको जस्तै माया भने उनले पाइनन् । सुनिताको विद्यालय जाने सपना पनि पूरा भएन । केही समय लक्ष्मीकै कोठामा बसेपछि लक्ष्मीले नै सुनितालाई एक भारतीयको घरमा पुर्याइन् । लक्ष्मीले सुनितालाई अब यहीँ बस्ने र पढ्ने भनेर त्यस घरमा पुराएकी थिइन् ।

दिल्लीमा बन्धक जीवन

त्यो ‘साहु’को घरमा पुगेपछि सुनिताको बन्धक जीवनको सुरुवात भयो । दिल्ली गएर राम्रो लाउने, मीठो खाने र राम्रो स्कुल पढ्ने सुनिताको सपना त्यस घरमा पुगेपछि चकनाचुर नै भयो ।

त्यो घर एक व्यापारीको थियो, जुन घरमा सुनिताले कम्तीमा १८ घण्टा काम गर्नुपथ्र्यो । १८ घण्टा काम गरे पनि सुनिताले न तलब पाउँथिन् न त पेटभरी खान नै । बरु साहुनीको गाली र पिटाइ खानुपथ्र्यो सुनिताले ।

सुनिताले काम गरेको लामो समय हुँदा पनि उनलाई तलब दिइएन । न त नेपाल जान्छु भन्दा जान नै दिइयो । अति भएपछि उनले एक पटक घरबाट भाग्ने कोसिस पनि गरिन् । तर उनलाई कहाँ जाने केही थाहा थिएन । दिल्ली पुलिसले बेवारिस अवस्थामा पाएपछि सुनितालाई नै कहाँ बस्ने गरेको छ भनेर सोधे । सुनिताले ठेगाना र साहुजीको फोन नम्बर दिइन् । उनी दिल्ली पुलिसले सुनितालाई फेरि त्यही साहुजीको घरमा लगेर जिम्मा लगायो । त्यसपछि सुनिताको त्यहाँबाट निस्कने सपना पनि मर्यो ।

त्यस घरका साहुजी र साहुनी प्रत्येक दिन बिहान ११ बजेतिर पसलमा जान्थे । उनीहरुको केको पसल थियो, सुनितालाई थाहा थिएन । सुनिता भने बिहानदेखि नै उनीहरुका दुई सन्तानको रेखदेख र सरसफाइ गर्थिन् भने उनीहरु विद्यालय गएपछि घरको सरसफाइको काम गर्नुपथ्र्यो । साँझ ती बच्चाहरु विद्यालयबाट फर्केपछि पनि उनीहरुलाई खाना खान दिने काम गर्नुपथ्र्यो । खाना खाएपछि बच्चाहरु म्युजिक वा ड्रामाको क्लासमा जान्थे । उनीहरुलाई पुर्याउन र लिन जानु सुनिताको दैनिकी थियो ।

सुनिता दिउँसोको समयमा घरबाट बाहिर निस्कन पनि पाउँदिनथिन् । घरमै भएका सामान पनि सुनिताले खान पाउँथिनन् । साहुनीले यतिसम्म गर्थिन् कि आलुसम्म फ्रिजमा राखेर ताल्चा लगाउँथिन् र बच्चाहरु स्कुलबाट फर्केपछि मात्रै खुल्थ्यो । उनी दिनभर भोकै बस्थिन् । बिहान खाना खाने बेलामा पनि पेटभरी खान नदिने गरेको सुनिताले रातोपाटीसँगको कुराकानीमा बताइन् ।

जब तलब पाइनन् र घर जान चाहिन्…

सुनिताले काम गरेको लामो समय हुँदा पनि उनलाई तलब दिइएन । न त नेपाल जान्छु भन्दा जान नै दिइयो । अति भएपछि उनले एक पटक घरबाट भाग्ने कोसिस पनि गरिन् । तर उनलाई कहाँ जाने केही थाहा थिएन । दिल्ली पुलिसले बेवारिस अवस्थामा पाएपछि सुनितालाई नै कहाँ बस्ने गरेको छ भनेर सोधे । सुनिताले ठेगाना र साहुजीको फोन नम्बर दिइन् । उनी दिल्ली पुलिसले सुनितालाई फेरि त्यही साहुजीको घरमा लगेर जिम्मा लगायो । त्यसपछि सुनिताको त्यहाँबाट निस्कने सपना पनि मर्यो ।

साहुनी छुच्ची भएको कारण एक दिन सुनिताले साहुजीसँग कुरा गरिन् कि मेरो तलब आउँछ कि आउँदैन ? साहुजीले तिम्रो तलब त पहिले नै लक्ष्मीले लगिसकेको बताए । त्यतिबेला थाहा भयो लक्ष्मीले १५ हजार भारतीय रुपैयाँ लिएर सुनितालाई ती साहुजीको जिम्मा लगाएकी रहिछ । त्यसपछि सुनितालाई यसबारे कसलाई भन्ने के भन्ने भयो । उनी रुँदै त्यही घरमा बस्न बाध्य भइन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...