रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन परेको छ ।

लामिछानेसहित तीन जनालाई धरौटी र तारेखमा छोड्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको छ ।  जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो ।

निवेदनको प्रारम्भिक सुनावाई आज तोकिएको छ ।

चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

गएको साउन २० गते पत्रकार पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि भिडियो रेकर्ड गरेर उनले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।

साउन ३० गते काठमाडाैँबाट पक्राउ गरि चितवन लगिएका यी तीन जना जिल्ला अदालतको साउन ९ को आदेशपछि हिरासतमुक्त भएका थिए ।

जिल्लाको आदेशविरुद्ध लामिछाने  र कँडेल यसअघि नै उच्च अदालत पुगिसेका थिए । उनीहरुको रिटमा सुनुवाइ गर्दै उच्चले कैफियत मगाउन आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...