भारतबाट आउने पेट्रोलियम पाइपलाइन अब चितवन देखि काठमाण्डौ सम्म (भिडीयो)



हाम्रो इकोनोमि

 

भारतको मोतिहारिदेखि बारामा अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइललाइन चितवनसम्म ल्याउन सर्वेक्षण सुरु भएको छ ।

अमलेखगञ्ज देशको एउटा कुनो मात्रै भएको र त्यहाँबाट अन्यत्र डिजल ढुवानी गर्दा महँगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्‍याउन सरकारले तयारी थालेको हो । “चितवनको लोथरसम्म हामीले प्रारम्भिक सर्वेक्षण गरिसकेका छौँ, अब पाइपलाइन चितवनसम्म लैजान्छौ ।” निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो ।

निगमले चितवनको लोथरसम्म पाइपलाइन पुर्‍याउन रुट सर्वे गरिसकेको छ । अब विस्तृत सर्वे गरिसकेपछि लागत पनि टुंगो लाग्नेछ । अहिले अमलेखगञ्जसम्म भारतबाट पाइपलाइनमार्फत तेल आए पनि पूर्वी र पश्चिम नेपालका डिपोबाट अमलेखगञ्ज जान भन्दा भारत जान नजिक पर्छ ।

अमलेखगञ्जमा अहिले दैनिक ४८ लाख लिटरसम्म डिजल ल्याउन सकिन्छ । यो देशको कुल मागको ७५ प्रतिशत हो । तर दूरी र कम भण्डारण क्षमताको कारण पूर्ण क्षमतामा डिजल ल्याउन सक्ने अवस्था छैन ।

यस्तै, निगमले काठमाण्डौसम्म पाइपलाइन विस्तारको अध्ययन थाल्ने भएको छ । “ठूलो माग काठमाण्डौमै छ, त्यही भएर हामीले काठमाण्डौसम्म पाइपलाइन जान सक्ने नसक्ने बारे अध्ययन थाल्दैछौँ ।” कार्यकारी निर्देशक पौडेलले भन्नुभयो ।

निगमले काठमाण्डौ- तराई फास्टट्र्याकको छेउ हुँदै काठमाण्डौसम्म पाइपलाइन पुर्‍याउन रुटको अध्ययन गरिरहेको छ । “खोकना आसपासमा ठूलो भण्डारणस्थल बनाउन जग्गा मिल्यो र धेरै गाडीको मुभमेन्ट गर्न मिल्ने भयो भने फास्ट्रयाक हुँदै काठमाण्डौसम्म पाइपलाइन पुर्‍याउन गाह्रो छैन ।” निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले उज्यालोसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...