मनाङको फापरबारी : पर्यटक भुतुक्कै !



हाम्रो इकोनोमि

 

हिमाली जिल्ला मनाङ, आफैमा प्रकृति र संस्कृतिले निकै धनी छ । यहाँको प्राकृतिक सौन्दर्यलाई नियाल्नका लागि जीवनमा एकचोटी भए पनि ‘ड्रिम प्लेस’ मनाङ पुग्ने प्राय: धेरैको चाह हुन्छ ।

चिसो, स्वच्छ हावा । सेताम्य हिमाल । मनै लोभ्याउने हिमताल लगायतका प्राकृतिक सौन्दर्यले स्वर्गकै अनुभूति गराउँछ, यहाँसम्म पुग्ने जोकोहीलाई ।

माथिल्लो भेगका बारी फापरले ढकमक्क, तल्लो भेगमा फुल्दै

यतिबेला मनाङका बारीमा ढकमक्क फापर फुलेका छन् । मनाङमा बसेर पत्रकारिता गर्दै आउनुभएका नेगम परियारका अनुसार माथिल्लो मनाङका ढुकुरपोखरी, पिसाङ, हुम्डे, अपर मनाङ, थाङ्सार, टंकी मनाङ लगायतका ठाउँमा अहिले बारीमा ढकमक्क फापर फुलेका छन् । यहाँका डाँडापाखा रमणीय देखिएका छन् ।

तल्लो मनाङस्थित चामे गाउँपालिका र नासोङ गाउँपालिकाका बारीमा फापर फुल्ने क्रममा छन् ।

फापर खेतीले मनाङ रमणीय !

साउन अन्तिम सातादेखि भदौ मसान्तसम्म गरी एक महिना यहाँका बारीमा फापर फुल्छन् । यो समयमा फापर खेतीले मनाङलाई झनै रमणीय बनाउँछ ।
बारीमा फुल्दै गरेका फापरलेयहाँ पुग्ने पर्यटकलाई लोभ्याएको छ ।

हिँड्दै गर्दा बाटो नजिकै रहेका बारीमा फुल्दै गरेको फापरको सुन्दर दृश्यमा उभिएर तस्बिर खिच्न पर्यटक लालयित बन्छन् । फुल्दै गरेको फापर । फापर बारीमा भुनभुनाएका मौरीको आवाजमा भुतुक्कै हुन्छन्, पर्यटक ।

फुल्दै गरेको बारीको फापरको दृश्य नियाल्नुका साथै उत्तिक्कै मात्रमा फापरको परिकार पनि यहाँसम्म आउने पर्यटकको रोजाइमा पर्नेसञ्चारकर्मी नेगम बताउनुहुन्छ ।

उहाँका अनुसार फापरको ढिँडो, रोटी पर्यटकले असाध्यै रुचाउँछन् । पर्यटकले फापरको पिठो कोसेलीको रुपमा पनि लैजान्छन् ।

फापरको पिठो पवित्र कार्यमा उपयोग

स्थानीयका अनुसार मनाङको ताल, तिल्चे, हुम्डे, दानाक्यु, माथिल्लो मनाङ, पिसाङ लगायतका ठाउँमा फापरको राम्रो खेती हुन्छ । जानकारहरुका अनुसार केही सुक्खा जमिन र चिसो हावापानीमा यसको खेती फस्टाउँछ ।

पिसाङ र उपल्लो मनाङमा तुलनात्मक रुपमा फराकिला जमिन छन् । यो बाटोमै पर्ने भएकाले पनि यहाँ लगाइएका फापरले धेरै पर्यटकको ध्यान खिच्छ । पर्यटकको रोजाईका साथै फापरको पिठो स्थानीयले पवित्र कार्यमा समेत उपयोग गर्दै आएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार फापरको ढिँडो, रोटी खानुका साथै यसको पिठो चिया, तातोपानी, घरेलु मदिरामा समेत मिसाएर खाने गरिन्छ । पूजाआजामा समेत यसको पिठो प्रयोग गरिन्छ ।

 

फापर, करु मनाङको  मुख्य अन्नबाली हो । मनाङमा आलु खेती, स्याउ खेती पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...