डा. सन्दुक रुइत र उनका दुई छोरीलाई नै डेंगु



हाम्रो इकोनोमि

 

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारत सरकारले समेत प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मान गरेको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल पनि डेंगुबाट संक्रमित छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नेपालमा अहिले फैलिँदै गएको छ । हालसम्म सरकारले डेंगुको कारण चार जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...