रिलायन्स इन्टरनेशनल एकेडेमीसहित उत्कृष्ट विद्यालय पुरस्कृत



हाम्रो इकोनोमि

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मुलुकभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।

संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपन प्रथम, नेपाल पुलिस क्लब काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँ तेस्रो भएका छन् । उत्कृष्ट भएका ती विद्यालयले पनि क्रमश रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपनले रु तीन लाख, नेपाल पुलिस क्लब काभ्रेले रु दुई लाख र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँले  रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय काठमाडौँ तेस्रो हुन सफल भएको छ ।

आयोजित उक्त समारोहमा उत्कृष्ट यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन् ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल प्रहरी स्कुल काभ्रे दोस्रो र सेन्टजेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई आजै क्रमश रु तीन लाख, दुई लाख र एकलाख पुरस्कार प्रदान गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई रु एक÷एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिकतर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद रु दुई लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...