एसिड आक्रमणबाट घाइते खातुनलाई भेट्न अस्पताल पुगे मातृका यादव र प्रभु साह



हाम्रो इकोनोमि

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट घाइते भइ उपचाररत पर्साकी मुस्कान खातुनलाई भेटेका छन् ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए ।

मन्त्री यादवले भने, “म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरता पूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुहुँदैन ।”

मन्त्री यादवले थपे “मैले बहिनी खातुनलाई भेटेँ । एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो । यस्ता खालका अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर सकिदैन । हदैसम्मको कारवाही गरिन्छ ।” यस्ता खालका अपराध देशको जुनसुकै हिस्सामा हुने गरेको जीकिर गर्दै मन्त्री यादवले घट्नालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नबनाउन आग्रह गरे । सांसद साहले दोषीलाई कानुनबमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गर्नुपर्ने बताए ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमानचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...